काठमाडौं : काठमाडौं उपत्यकाका सडकहरू भद्रगोल अवस्थामा छरिएका विद्युतीय तारबाट मुक्त हुँदै गएका छन् । पोलमा जथाभावी बटारिएका तारले कुरूप देखिएको काठमाडौंका विभिन्न स्थान पछिल्लो समय तारमुक्त हुँदै गएको हो ।
तारमुक्त भएसँगै सहरको सौन्दर्यमा छुट्टै रौनक देखिएको छ । ...