२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मधेशी पत्रकारका लागि एआई पुनर्ताजगी तालिम, दुरुपयोग हुनेमा चिन्ता 

Nada
२०८२ मंसिर १८ गते १९:००
Shares
मधेशी पत्रकारका लागि एआई पुनर्ताजगी तालिम, दुरुपयोग हुनेमा चिन्ता 

राजविराज : मिडियामा एआईको प्रयोगसम्बन्धमा मधेश प्रदेशका पत्रकारका लागि पुनर्ताजगी प्रशिक्षण सुरु भएको छ । मधेश प्रदेशका सबै जिल्लामा नेपाल पत्रकार महासंघका शाखाको समन्वय तथा आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा प्रशिक्षण सप्तरीबाट सुरु भएको हो । 

ncell

कार्यक्रममा एआई अध्येता तथा अभ्यासकर्ता पत्रकार जीवन भण्डारी मुख्य प्रशिक्षकका रूपमा छन् । भण्डारीले मिडियामा एआईको सुरक्षित र जिम्मेवारीपूर्वक प्रयोग, एआई आचारसंहिता, समाचार कक्षमा उपयोगी एआई उपकरणहरू तथा व्यावहारिक कार्यशैलीबारे प्रशिक्षण दिने प्राधिकरणले जनाएको छ ।

त्यसैगरी पत्रकार प्रकाश मैनालीले कार्यक्रममा सहभागी पत्रकारहरूलाई साइबर सुरक्षा, पासवर्ड हाइजिन, सूचना–गोपनीयता र डिजिटल जोखिम न्यूनीकरणसम्बन्धी जानकारी दिने भएका छन् । आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाका अनुसार अघिल्लो वर्ष गरिएको एआईसम्बन्धी प्रशिक्षण अत्यन्त प्रभावकारी भएको प्रतिक्रिया आएपछि यस वर्ष पुनः अद्यावधिक तथा व्यावहारिक सीप आदानप्रदानका लागि कार्यक्रम विस्तार गरिएको हो । 

प्राधिकरणकी प्रमुख कार्यकारी अधिकृत रञ्जिता शाहले आधुनिक पत्रकारितामा एआई प्रविधिको प्रयोग अनिवार्य बन्दै गएकाले पत्रकारहरूलाई सशक्त बनाउने उद्देश्यले पुनर्ताजगी कार्यक्रम आवश्यक रहेको बताइन् । सप्तरीको राजविराजमा आयोजित उद्घाटन सत्रमा ५० भन्दा बढी पत्रकार सहभागी भएका थिए । कार्यक्रममा एआईको बढ़्‌दो दुरुपयोग, फेक कन्टेन्ट, डीपफेक र मिष डिसइन्फर्मेशनप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

सहभागीहरूले एआईसम्बन्धी नियमन, आचारसंहिता र डिजिटल साक्षरताको आवश्यकतामा जोड दिएका छन् । उद्घाटन समारोहमा आमसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका वैद्यनाथ झा, मुरलीप्रसाद यादव, व्यासशंकर उपाध्याय, उपाध्यक्ष रामनारायण विश्वास लगायतका वक्ताहरूले एआईको अवसर र जोखिमबारे आफ्ना धारणा राखेका थिए ।

ताजा खबर

सम्बन्धित खबर