काठमाडौं : वैदेशिक रोजगार विभागले पटक–पटकको आग्रहपछि पनि वैदेशिक रोजगारीमा जाने कामदारको तालिम सञ्चालन गर्ने अभिमुखीकरण तालिम दिने संस्थाले सुधार नगरेको भन्दै लापरबाही गरे कारबाही गर्ने चेतावनीसहित ७ बुँदे निर्देशन दिएको छ ।
यसअघि वैदेशिक रोजगारमा जानेलाई अनिवार्यरुपमा अभिमुखीकरण तालिम लिन आग्रह गरेको विभागले मापदण्डअनुसार अभिमुखीकरण तालिम सञ्चालन नभए कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
विभागले चैत १२ गतेदेखि कार्यविधिअनुसार देशगत समूह बनाई क्लष्टरअनुसार सञ्चालन गर्नुपर्ने, एउटा संस्थाले एक दिनमा बढीमा २५ जना सहभागी गराई तीन सिफ्टमा ७५ जनालाई मात्रै अभिमुखीकरण तालिम दिनुपर्ने निर्देशन दिएको छ ।
विभागले दुई दिन दैनिक ६ घण्टाका दरले कक्षा सञ्चालन गर्नुपर्ने, दुवै दिन बिहान ११ बजेदेखि ५ बजेसम्म कक्षा सञ्चालन गर्नुपर्ने बताएको छ । यस्तै विभागले बिहान ९ बजेदेखि ११ बजेसम्म प्रशिक्षार्थी भर्ना गरिसक्नुपर्ने पनि बताएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्यरुपमा अभिमुखीकरण तालिम लिनुपर्ने सरकारी नियम छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा अनुगमन गर्दा मापदण्डअनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको विभागले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies