एजेन्सीः दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा परी मंगलबार बिहान दुई जना पत्रकार र एक जना नागरिकको मृत्यु भएको छ ।
स्थानीय टिभी च्यानल अल–मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार सङ्कलनका क्रममा रहेका बेला दुईवटा इजरायली ड्रोनले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको एलनाश्रा समाचार वेबसाइटले जनाएको छ ।
नेशनल न्युज एजेन्सीले इजरायली आक्रमणबाट अर्का एक जना नागरिक पनि मारिएको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies