प्यूठान : १७ वर्ष अघि भएको कर्तव्य ज्यान मुद्दामा प्रहरीले ५ जना अभियुक्तलाई प्यूठान प्रहरीले पक्राउ गरेको छ । साविक हंसपुर गाविस हाल सरुमारानी गाउँपालिका ४ ओखरडाँडा निवासी ३० वर्षीय हरि थापाको कुटपिटपछि मृत्यु भएको घटनाको मुद्दामा संलग्न ५ जनालाई जिल्ला प्रहरी कार्यालय प्यूठानले पक्राउ गरेको हो ।
घटनामा संलग्न स्थानीय ६७ वर्षीया हुमी कुमारी देवी सारुलाई गत वैशाख २ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसैगरी स्थानीय ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सितादेवी पुलामी, ४८ वर्षीया पुतलीदेवी नेपाली, ३८ वर्षीया झविसरा पुलामीलाई वैशाख १० गते पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिए ।
अन्य अभियुक्त ५३ वर्षीया निमिसरा राना, ४३ वर्षीया तारा बहादुर सारु फरार रहेका छन् भने सोही घटनामा सलंग्न ५३ वर्षीया हुमी कुमारी रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हरिकलाले श्रीमान भारत गएको १४ महिनामा छोरा जन्माएपछि गाउँका मानिसले अवैध सम्बन्धबाट छोरा जन्माएको भनि २०६३ असोज ५ गते कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते हरिकलाको अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा असोज १२ गते मृत्यु भएको थियो । हरिकलाबाट जन्मिएको नवजात शिसुको समेत जन्मिएको ५ दिनमा मृत्यु भएको थियो । अभियुक्तहरुलाई पक्राउ गरी प्यूठान जिल्ला अदालतमा पेश गरिएको र अदालती प्रक्रियामा रहेको प्रहरी प्रमुख थापाले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies