काठमाडौं : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएको छ । अदालतले उनलाई जुन २ तारिकमा आत्मसमर्पण गर्न भनेको छ । मार्च २१ देखि हिरासतमा रहेका केजरीवालले अब जुन १ सम्म लोकसभा चुनावको प्रचार गर्न सक्नेछन् ।
अन्तरिम जमानतको घोषणा गर्दा अदालतले केजरीवालको गिरफ्तारीलाई चुनौती दिने सम्पूर्ण मुद्दाको सुनुवाइ चाँडै टुंगिने बताएको छ ।
मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टी (आप)का नेता केजरीवाल ४० दिनदेखि तिहाड जेलमा छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies