काठमाडौं : गायक निशान भट्टराइको कार दुर्घटनामा परी निधन भएको छ । गएराति काठमाडौंको दरबारमार्गमा रहेको वान थाई रेष्टुरेन्टबाट आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर फर्किने क्रममा आफैंले चलाएको कार तीनकुनेमा दुर्घटनामा परेको थियो ।
गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।
गायक भट्टराईको ‘कामनाले भरिएको...’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर...’ उनको अर्को लोकप्रिय गीत हो । यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईले साथ दिएकी छन् । उनको अर्को लोकप्रिय गीत ‘हेर धर्ती...’ हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies