एजेन्सी : अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगमा लगातार बहस भइरहेको छ । सिनेटमा महाअभियोगको सुनुवाई जारी रहेका बेला सिनेटरहरु निदाएको तथा गेम खेलेको आरोप छ ।
लामो समय लगातार चलेको बहसको क्रममा सिनेटरहरुले निदाउने तथा गेम खेल्नुका साथै अरु नियमहरु पनि तोडेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
सिनेटरहरुले गम्भीर मुद्दामा सुनुवाई भइरहेका बेला स्कूले विद्यार्थी सरह व्यवहार गरेको आरोप अमेरिकी सञ्चारमाध्यमले लगाएका छन् । सिनेटमा हुने बहस आउँदो हप्ता समाप्त हुने अपेक्षा छ ।
सिनेटमा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत छ । १०० सिटको सिनेटमा ५३ रिपब्लिकन सिनेटर छन् । महाभियोग माथिल्लो सदनबाट पास हुनका लागि दुई तिहाइ मत चाहिन्छ । महाअभियोग पास भएमा ट्रम्प बर्खास्त हुने छन् । तर त्यो सम्भावना देखिँदैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies