काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितको पुनःनिर्माण भएको घरको निर्माण सम्पन्न भएको कागजात बनाउने क्रममा घुस मागेको अभियोगमा पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयर प्रकाश तिवारीलाई पक्राउ गरेको छ ।
आयोगको इटहरीबाट गएको टोलीले तिवारीलाई भोजपुर नगरपालिका–७ मा रहेको प्रधान होटलबाट रु छ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको हो ।अभियुक्त तिवारीले सेवाग्राहीसँग प्रमाणपत्र चाहिने भए घुस दिनुपर्ने बताएको जनाइएको छ । आरोपी तिवारीमाथिा अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरणका ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरीलाई रु २५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । बिजुलीको खम्बा राखिदिने बहानामा सेवाग्राहीसँग चौधरीले रु २५ हजार घुस मागेको अभियोग लागेको छ ।
आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले घुस लिँदै गरेको अवस्थामा कामपा–१४ बाट उनलाई पक्राउ गरेको हो । आयोगले चौधरीलाई बिहीबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies