काठमाडौं : मादक पदार्थ सेवन गरी प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा काभ्रेली गुण्डा समूहका नाइके सत्यमान लामा पक्राउ परेका छन् । ड्युटीमा खटिएको प्रहरीमाथि मापसे गरी दुर्व्यवहार गरेपछि सत्यमानलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।
यसअघि पनि उनी पटक–पटक विभिन्न आरोपमा पक्राउ पर्दै आएका थिए । महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी उमेश लम्सालले उनीमाथि अभद्र व्यावहारमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताए । सत्यमान गुन्डा नाइके दावा लामाका सहयोगीसमेत हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies