काठमाडौं : नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापाबाल सुन ७८ हजार १ सयमा कारोबार भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
सुनको भाउ आज प्रति तोलो पाँच सय रुपैयाँले बढेको हो । तेजावी सुन पनि प्रतितोला ५ सय रुपैयाँले बढेर ७७ हजार ८ सय रुपैयामा कारोबार भएको छ । एक हप्तामै मात्र सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । चाँदी भने तोलाको ९ सय १५ रुपैयाँमा कारोबार भएको छ ।
कोरोना भाइरसको संक्रमण र शक्तिराष्ट्रविचको तनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । सुनको मूल्य अझै बढने अनुमान अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मूल्य बढेपछि बजारमा सुन कारोबार ठप्प जस्तै भएको छ । खरिद गर्ने भन्दा बिक्री गर्न चाहानेहरु बढेको नेपाल सुनचादी ब्यवसायी संघले जनाएको छ । एक बर्षअघि दैनिक ५० किलोसम्म सून विक्री हुँदै आएकोमा अहिले दैनिक २० किलोमा सीमित भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies