सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ४ ठुलो खैरटवामा प्रथम प्रतापपुर गाउँपालिका स्तरीय अन्तर आधारभुत तह खेलकुद प्रतियोगिता शुरु भएको छ । खेलकुद प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबीच उदघाटन गरिएको छ ।
जन जागृति आधारभुत विद्यालय ठुलो खैरटवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलसिंगार यादवको अध्यक्षता तथा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको प्रमुख अतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यालय प्राधानाध्यापक मनोज मिश्राले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा युवा नेता उमेशचन्द्र यादव, वडा नं ४ का वडा अध्यक्ष जन्त्रि बरई, वडा नं २ का वडा अध्यक्ष ईश्वरि चौधरी, वडा नं ८ का वडा अध्यक्ष कादिर अलि, वडा नं ६ का वडाध्यक्ष रामहरि उपाध्याय, शिक्षा समन्वय ईकाई नवलपरासी पश्चिमका शाखा अधिकृत दिनेश कुमार गौड, प्रतापपुर गाउँपालिकाका शिक्षा संयोजक दधिराम शर्मा, दुधनाथ गुप्ता, प्रदिप सिंह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि शर्माले खेलकुदलाई सभ्य र भब्य बनाउन आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । शर्माले खेलाडीलाई अनुसाशनमा बसी खेलकुदमा सहभागी हुन आग्रह गरे । त्यसैगरी उनले पिछडिएको क्षेत्रलाई विकासको मुलधारमा ल्याउनुपर्नेमा जोड दिए । शिक्षा, स्वास्थ्य, यातायात, कृषि लगायत क्षेत्रमा गाउँपालिका लागि परेको उनले बताए । प्रतापपुर गाउँपालिका भित्र रहेका नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराउने सामुदायिक विद्यालयलाई विशेष प्याकेज उपलब्ध गराउने उनले प्रतिवद्धता व्यक्त गरे ।
उक्त खेलकुद प्रतियोगितामा सामुदायिक र संस्थागत गरी कुल ४४ विद्यालयको सहभागिता रहेको छ। प्रतियोगितामा लङजम्प, हाईजम्प, शटपुट, जेबलिन, रिले दौड, ब्याडमिन्टन, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिडर दौड, ८०० मिटर दौड र १५०० मिटर दौड लगायतका खेलहरु हुने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी १३ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies