काठमाडौं : काठमाडौंको कलंकीमा सोमबार साँझ डरलाग्दो दुर्घटना भएको छ । ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर चार जना घाइते भएका छन् ।
दुर्घटनामा परेर ज्यान गुमाएका सनाखत हुन बाँकी रहेको कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरले जानकारी दिए । दुर्घटनामा घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओरालोमा अगाडिका ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई ठक्कर दिएको थियो ।
ब्रेकफेल भएको ट्रकले एउटा स्कोरपियो, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको डिएसपी कुँवरले बताए । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies