शुभ नारायण कामती/मध्यान्ह
सिरहा : एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ । टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याइएको बैंकका उप–प्रादेशिक कार्यालय लहानका प्रमुख जितेन्द्र कुमार साहले बताएका छन् ।
कोरोना भाइरसको जोखिमका कारण सरकारले मुलुकभरी नै ‘लक डाउन’ गरेपछि ग्राहकले घरभित्रैबाट आफ्ना गुनासो राख्न सकुन् भनेर ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए ।
बैंकले प्रदेश नं २ का पाँच स्थानमा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । ग्राहक सेवा केन्द्रअन्तर्गत प्रदेश कार्यालयमा बैंकका प्रदेश प्रमुख प्रकाश चन्द्र अधिकारी–९८५११५३४९९, सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी–९८५१२४५९३४, मनु प्रसाद शर्मा–९८४१८७२५६१, गोपाल प्रसाद सुवेदी–९८५५०७०४०९ लाई सम्पर्क व्यक्ति तोकिएको छ ।
त्यस्तै विरगञ्ज एसपिओ कार्यालयका लागि पुजा खेतान–९८५५०२२५६९ र अमृत राणा–९८५५०३८९४४ लाई सम्पर्क व्यक्ति तोकिएको छ भने चन्द्रनिगाहपुर एसपिओका लागि बिशाल शर्मा–९८५५०२३५४३ र रवि थापा–९८५५०४४५१९ लाई सम्पर्क व्यक्ति तोकिएको छ ।
ग्राहक सहायता केन्द्रअन्तर्गत हरिवन एसपिओ कार्यालयका लागि सुनित श्रेष्ठ–९८५६०३४४३३ र सुमन सिंह–९८५४०२७९०० लाई जिम्मेवारी दिइएको छ भने जनकपुर एसपिओका लागि उतसुक श्रेष्ठ–९८५४०२९५४४ र ईश्वर अचार्य–९८४४१७३२३९ लाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै लहान एसपिओका लागि मुकेश कुमार साह–९८०४७८०२८२ र प्रदिप कुमार साह–९८५१११८१०५ लाई सम्पर्क व्यक्ति तोकिएको बैंकका उप–प्रादेशिक कार्यालय लहानका प्रमुख साहले बताए । लक डाउनको समयमा ग्राहकलाई पैसाको आवश्यकता परे प्रदेश नं २ अन्तर्गत खुला रहेका २८ एटीएमबाट सेवा लिन सक्ने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies