काठमाडौं : जाजरकोटमा एक अज्ञात समूहले वडाध्यक्षमाथि कुटपिट गरेको छ । छेडागाड नगरपालिका–११ का वडा अध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको हो ।
कुटपिटवाट वडा अध्यक्ष सिंहको खुट्टा भाँच्चिएको छ । एघार नम्बर बडाको पिपलडाँडा भन्ने ठाउँमा अध्यक्षमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
राति कुटपिट भएपनि बिहान मात्र भीरमा फालिएको अवस्थामा वडा अध्यक्ष फेला परेका हुन् । घाइते बडाध्यक्षलाई उद्दार गरेर उपचारका लागि सदरमुकाम खलंगा पठाइएको छ । कुटपिट गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies