इमरान खान/मध्यान्ह
बुटवल : कोरोना भाइरस कोभिड १९ का कारण विश्व नै अक्रान्त भएको अवस्थामा समाजवादी पार्टीले यस विपतको अवस्थामा अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई कोरोना लडाईका अग्रमोर्चाका योद्धाको संज्ञा दिएको छ । उनीहरुलाई कम्तिमा ५० लाखको बीमा गरी तलव बराबरकै भत्ता सुबिधा दिन माग गरिएको छ ।
सो पार्टीका प्रदेश ५ का अध्यक्ष अशोक कुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा यस कठिन परिवेशमा आफनो पेशा प्रति स्वास्थ्यकर्मीले देखाएको कार्य सम्मानजनक रहेको भन्दै उक्त माग गरिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘ यो रोग यतिबेला विश्वमा नै महामारीको रुपमा फैलिएको अवस्थामा यसबाट जोगिन प्रदेश सरकारका प्रतिनिधिहरु कोरोना रोकथामका लागि एक्ला एक्लै अगाडि रहदा प्रदेश सरकारले उत्पन्न समस्या समाधान गर्न सकेको छैन । प्रदेश सरकारको लापरवाहीका कारण विभिन्न समास्या उत्पन्न भएको छ । बुटवलमा आइशोलेशनमा बस्न आएका विरामी भेन्टिलेटरको अभाव तथा समयमा रोग पत्ता लगाउन नसकेका कारण अकालमा ज्यान गुमाउन पुगेको सबैमा अवगत नै छ ।’
विज्ञप्तिमा अहिलको अवस्थामा प्रदेश सरकारले प्रदेश स्तरीय सर्वपक्षीय बैठक बोलाइ प्रदेश स्तरीय समिति बनाएर सामुहिक रुपमा अगाडि बढ्नुपर्ने माग गरिएको छ । यस्तै पार्टीले बाहना बनाएर संक्रमणकालीन अवस्थामा समेत सेवा बन्द गर्ने निजी स्वास्थ्य संस्था, मेडिकल र अस्पतालहरुको अनुगमन गरी बन्द गरेको पाइएमा कडा भन्दा कडा कारबाही गर्न पनि माग गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies