एजेन्सी : उत्तर कोरियाले आफुलाई कोरोना फ्रि मुलुक घोषणा गरेको छ । प्योङयाङले आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको बताएको हो ।
उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका कडा कानून र मापदण्डका कारण उत्तर कोरिया यो सङ्क्रमणबाट बच्न सफल भएको बताएका हुन् ।
चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचार आएलगत्तै उत्तर कोरियाले सबै सीमा बन्द गर्नुका साथै कडा कानूनहरु लागू गरेको छ । उत्तर कोरियाले आफ्नो देशमा यसका विरामी भेटिएपनि बाहिर नभनेको भन्दै आलोचना हुँदै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies