काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ । दिउँसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले संघीय संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव र कोरोना भाइरस संक्रमणको अवस्थालगायत विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।
शनिबार मधेस केन्द्रित दलले राखेको संविधान संशोधनको प्रस्ताव विषयमा पनि बैठकमा कुराकानी हुने बताइएको छ । सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची तीनमा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि सो विधेयक दर्ता गराएको हो ।
बैठकमा कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले हालसम्म गरेका कामको समीक्षा र पार्टीका तर्फबाट गर्न सकिने योगदानका बारेमा समेत छलफल हुने कांग्रेसले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies