काठमाडौं : चार दिनअघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका आठ सोतीमा भएको आक्रमणमा परी मृत्यु भएका तीन जना युवाको शव फेला परेको छ । तीन जना अझै वेपत्ता छन् । प्रहरीले घटनाको एकदिनपछि नवराज विक र टीकाराम सुनारको शव भेटाएको थियो ।
हिजो साँझ गणेश बुढाको शव भेरी नदीको किनारमा फेला पारेको हो । अझै सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार अझै वेपत्ता छन् । प्रहरीका अनुसार जाजरकोटबाट गएका १९ जनामध्ये बाँकी १२ जना आक्रमणमा परी घाइते भएका छन् ।
मृतकहरूको शव जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ भने गम्भीर घाइतेको उपचार भइरहेको छ । रुकुम पश्चिमको चौरजहारीकी १७ वर्षीया मल्ल थरकी युवती र जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज गएको तीन वर्षदेखि प्रेममा थिए ।
केटी लिन भनेर साथीहरु सहित नवराज शनिवार गाँउमा गएपछि करिव डेढ सय गाँउलेहरुले घेरेर उनीहरुमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट जोगिन भेरीमा हाम हालेकामध्ये तीनजनाको मृत्यु भएको र तीन बेपत्ता भएका हुन् ।
मानवअधिकारकर्मी लगायत संघसंस्था र पीडित पक्षले घटनालाई जातीय विभेदका कारण भएको भनेका भन्दै दोषिलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले युवती, युवतीका बुवा र आमाका साथै आफन्त डम्बरबहादुर मल्लसहित एक दर्जनलाई पक्राउ गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies