काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौंको तीनकुनेमा वृक्षरोपण गरेको छ । ट्राफिक प्रहरीको उपत्यका भित्रका ४५ वटा युनिटका इञ्चार्जहरुले करिब ३ सय ५० वटा विरुवा रोपेका छन् । उपत्यकालाई हरियाली सहर बनाउने योजना अनुसार मूख्य मुख्य ठाउँमा वृक्षारोपण गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक युनिटका प्रमुखहरुले आफै विरुवा लिएर रोपेका थिए । विरुद्ध नहुर्किदासम्म प्रत्येक युनिटका इञ्चार्जले संरक्षण गर्ने र हुर्काउने काम गर्ने महानगरिय ट्राफिक महाशाखा प्रमुख भीम प्रसाद ढकालले बताए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले हरियाली सहर बनाउन आम नागरिकलाई सकारात्मक सन्देश दिने उद्देश्यले वृक्षरोपण गरिएको बताए । वृक्षारोपणले सहरको सोभा बढाउने र सभ्याताको समेत पहिचान दिने उनले बताए ।
वृक्षारोपणले सहरको वातावरण स्वच्छ बनाउन सहयोग गर्ने र प्रदुषण समेत न्यून गर्ने विश्वास ट्राफिक प्रहरीले लिएको छ । रोपिएका विरुवाहरुको संरक्षण गर्ने र हुर्काउने जिम्मा ट्राफिक प्रहरीले आफैले लिने बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies