तनहुँ : अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा छ जनाको मृत्यु भएको छ । ५ जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीय अन्जन थापा रहेका छन् ।
मृत्यु हुने माँझफाँटका तीन जना एकै परिवारका हुन् । सोही परिवारका २० वर्षीय राजेश थापा तथा रिसिङ–८ का भेषबहादुरकी श्रीमती २९ वर्षीया नानुमाया र छोरी ५ बर्षीया अमिषा तथा २२ बर्षीय महादेव र उनकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन् ।
पहिरोका कारण व्यास–९ माझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि मृत्यु भएको छ । यस्तै, म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किदा घाइते भएकी १७ वर्षीया लक्ष्मी विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
पहिरोमा परि व्यास–९ माझफाँटका केशरबहादुर थापा र रिसिङ–८ की ६० वर्षीया ज्योति थापा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ । बेपत्ता सबैको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies