अर्जुन बिष्ट/मध्यान्ह
रुकुम पश्चिम : सरकारी पैसा ब्यक्तिगत खातामा राखेको आरोपमा पक्राउ परेका त्रिवेणी गाउँपालिकाका रुकुम पश्चिमका लेखापाल सहित चारजना छुटेका छन् । उनीहरु रातिको समयमा घरपरिवारसहित कार्यालयमा काम गर्ने क्रममा पक्राउ परेका थिए ।
बिहीबार राति लेखापालसहित उनका आफन्त भाइ विकास, भतिज सुवास र अर्का भतिज भिमसेन कार्यालयको मुख्यगेट बन्द गरी काग़ज़ात मिलाइरहेको भन्ने खबर पाएपछि प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नियन्त्रणपछि प्रहरीले प्रशासनको जिम्मा लगाइएको थियो । जिल्ला प्रशासन कार्यालयको छानविन कार्य पछि सामान्य सोधपुछ गरी उनीहरुलाई छाडिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए ।
लेखापाल केसीले गत आर्थिक वर्ष २०७६/७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयॉ श्रीमती र भतिज सुवासको खातामा जम्मा गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies