रामबहादुर विश्वकर्मा/मध्यान्ह
प्युठान : सशस्त्र प्रहरी बल प्युठानको आफ्नै भवन निर्माण भएको छ । भवनको एक समारोहकाबीच आइतबार उद्घाटन गरिएको हो । सशस्त्र प्रहरी बल प्रदेश नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) किशोर कुमार प्रधानले प्युठान नगरपालिका वडा नम्बर ३ मा रहेको भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक प्रधानले देश र जनता रहे आफुहरु सुरक्षा निकाय रहने बताउँदै सशस्त्र प्रहरी परिवारलाई हरबखत देश र जनताको पक्षमा रहन निर्देशन दिए ।
कार्यक्रममा भवन निर्माणको प्रतिवेदन पेश गर्दै गुल्मपति डीएसपी चेतराज जोशीले जग्गादाताई धन्यवाद व्यक्त गरेका थिए । २०७५ भदौ ५ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार प्युठान नगरपालिका ३ मा रहेको बतासेडाँडामा प्युठान नगरपालिका सभाहलका निर्माणका लागि स्थानीयले उपलब्ध गराएको ३ हजार ५ सय ६० वर्गमिटर जग्गा पुनः प्यूठान नगरपालिकाले नामसारी गरेसँगै जिल्लाका स्थानीय तह तथा निजि क्षेत्रको झण्डै १५ लाख रुपैयाँ लागतमा ब्यारेकको नयाँ भवन निर्माण गरिएको जोशीले बताए ।
प्रदेश नम्बर ५ सरकारको सहयोगमा ब्यारेकभित्र हेलिप्याड समेत निर्माण गरिएको छ । यसअघि सशस्त्र प्रहरीले प्यूठान नगरपालिका–४ गाँजुरीस्थित अस्थाई व्यारेकबाट सुरक्षा दिँदै आएको थियो ।
उक्त क्षेत्रफलमा अहिले गुल्मपति निवास १,जवानहरुको व्यारेक ६ वटा, शौंचालय ३ वटासहित १० वटा भवन, १ कार्यक्रम स्थल, प्रतिक्षालय र गेट निर्माणमा १५ लाख रुपैयाँ खर्च भएको सशस्त्र प्रहरी नायब निरीक्षक बिनोद नेपालीले जानकारी दिए । भवन निर्माणका लागि जिल्लाका स्थानीय तह र व्यवसायीहरुको आर्थिक सहयोग रहेको थियो । प्रमुख जिल्ला अधिकारी कृष्ण पन्थले निर्माण समितिले समयमै मापदण्ड अनुरुपको काम गरेकोप्रति धन्यवाद दिएका थिए ।
उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल प्युठानले भवन निर्माणमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । प्युठानमा २०७५ साल कात्तिक १६ गते सशस्त्र प्रहरीको गुल्म स्थापना भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies