सन्तोश पौडेल/मध्यान्ह
खोटाङ : प्रहरीले ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई २४ वर्षपछि पक्राउ गरेको छ । २०५३ भदौ १२ गते केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलको सिमानामा पर्ने बाहानेमा भएको हत्या प्रकरणमा संलग्न दिप्सुङकै ५४ वर्षीय युवराज राईलाई इलाका प्रहरी कार्यालय बाक्सिलाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरियाले बताए ।
सो घटनामा २०६५ चैत ३ गते जिल्ला अदालत खोटाङबाट दोषिलाई सात वर्ष कैद सजाय सुनाइएको थियो । फरार अभियुक्त राईलाई बुधबार साँझ दिप्सुङकै बिसुदु जङ्गलबाट प्रहरी टोलीले पक्राउ गरेको प्रनाउ चिमरियाले बताए ।
अदालतबाट दोषी ठहरिएका राईलाई बिहिबार अदालतमा पेश गरिएको र अदालतले तत्काल कैद भुक्तानका लागि कारागार पठाउन निर्देशन दिएपछि कारागार चलान गरिएको प्रनाउ चिमरियाले मध्यान्हलाई जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies