काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल कोरोना भाइरसबाट संक्रमित बनेका छन् । ढकालले सामाजिक संजाल फेसबुक मार्फत कोरोना भाइरस पोजेटिभ भएको जानकारी दिएका हुन् ।
आइतबार स्वास्थ्य जाँचको क्रममा कोरोना पोजेटिभ देखिएको र आफुलाई कुनै लक्षण नदेखिएको ढकालले जानकारी दिएका छन् । संक्रमण पुष्टि भएपछि ढकाल होम आइसोलेसनमा बसेका छन् ।
ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies