काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम आज त्यसतर्फ प्रस्थान गरेको छ । २५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टोली आज विहान बंगलादेश गएको हो ।
नेपाली टोलीलाई अखिल नेपाल फुटवल संघ ‘एन्फा’ले बुधबार नै विदाई गरिसकेको छ । नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन लागेको हो । २०७५ भदौमा साफ च्याम्पियनसीपपछि नेपाल र बंगलादेश पहिलो पटक भिडन लागेका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies