काठमाडौं : नेपाली कांग्रेसका नेता एंव पूर्व मन्त्री रोमी गौचन थकालीले नेपाली कांग्रेसले अहिले सत्ताका लागि भन्दा आफ्नो महाधिवेशनका लागि समय खर्च गर्नुपर्ने बताएका छन् । नेता थकालीले कांग्रेसका सवै संरचना कामचलाउ भएको अवस्थामा मुख्य विषय पार्टीको १४ औं महाधिवेशन भएको बताएका छन् ।
उनले आज सामाजिक संजालमा टिप्पणी गर्दै नेपाली कांग्रेसका सवै संरचना कामचलाउ अवस्थामा रहेका बेलामा सत्ताका लागि भन्दै आन्तरिक निर्वाचन निष्पक्ष, स्वतन्त्र, आम नेपाली जनताको भरोसा र आस्थाको केन्द्र बनाउनुका साथै अन्तराष्ट्रिय सम्मान गर्ने गरी सम्पन्न गर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेताका हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा भेटघाट स्वभाविक भएपनि सत्तारूढ़ पार्टी नेकपामा आन्तरिक संघर्ष चलिरहेका बेलामा कांग्रेसको भूमिका उनीहरुको बार्गेनिङ गर्ने एजेण्डाको समाचार बन्न नहुने बताएका छन् ।
सत्तारुढ दलका नेताहरुको बार्गेनिङ गर्ने एजेण्डा कांग्रेस बन्दा राजनैतिक र रणनैतिक दुवै हिसाबले गÞलत हुने थकालीको भनाइ छ । नेता थकालीले प्रधानमन्त्री र विपक्षी दलका नेताका बीचमा राष्ट्रिय मुद्दाहरुमा संवाद सहमति र सहकार्य भएमात्र लोकतन्त्रले स्थायित्व पाउने र विकासको प्रतिफल जनताले पाउने पनि बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies