काठमाडौं : मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा एक जना नेत्रबिक्रम चन्द 'विप्लव' समूहका एक नेता पक्राउ परेका छन् ।
चन्द समूहका मोरङ जिल्ला इञ्चार्ज इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।
विक गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका १ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको प्रहरीको दावी छ ।
श्रेष्ठको घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो । मोरङ बुढीगंगा गाउँपालिका चारस्थित औद्योगिक क्षेत्रबाट विकलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
उद्योगी व्यवसायीलाई धाकधम्की दिई चन्दा मागिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । संखुवासभा साबिक मादी गाविस रामवेनी सात हाल मादी नगरपालिका ४ ओखरबोटे बस्ने ३२ वर्षीय विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल पनि बरामद गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies