एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनसँग प्रतिस्पर्धा गर्नका लागि अमेरिकाले क्यानडासँग सहकार्य गर्ने बताएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग मंगलबार भिडियो वार्ता गरेपछि बाइडेनले क्यानडासँग सहकार्य गर्ने बताएका हुन् ।
बाइडेनले राष्ट्रपति बनेपछि पहिलोपटक विदेशी नेतासँग द्विपक्षीय वार्ता गरेका हुन् । बाइडेनले दुई देशमाथि उत्पन्न खतराहरूको प्रतिरोध गर्न पनि सँगै मिलेर काम गर्ने बताएका छन् । मंगलबारको वार्तामा चीनलाई दबाब दिने विषयमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
वार्ताका क्रममा बाइडेनले चीनले सन् २०१८ मा नियन्त्रणमा लिएका क्यानाडाका दुई नागरिकलाई छाड्नुपर्ने समेत माग गरे । बाइडेनले क्यानडा र अमेरिका मानवअधिकार र लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा सँधै रहने पनि उल्लेख गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies