काठमाडौं । गोंगबु हत्या प्रकरणकी दोषी कल्पना कुडभरीलाई आजिवन जेल सजायको फैसला सुनाइएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले बुधबार ३७ वर्षीया कल्पना मुडभारीलाई आजीवन काराबासको सजाय सुनाएको हो।
निर्मम तरिकाले कृष्णबहादुर बोहोराको हत्या गरेको भन्दै उनलाई जीवित रहुन्जेल जेलमा बस्नुपर्ने फैसला अदालतले सुनाएको हो। त्यस्तै उनकी १५ वर्षीया छोरीलाई भने अदालतले सफाई दिएको छ।
साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिइएको छ ।
कल्पनाले दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको गत साउनमा निर्मम ढंगले हत्या गरेकी थिइन्।
कल्पनाले दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर खुवाएपछि बेहोस बनेका बोहरालाई पछि अण्डकोषमा हतौडाले हानेर हत्या गरेकी थिइन्। त्यसपछि शव व्यवस्थापन गर्न बाथरुममा टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेकी थिइन्।
बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies