काठमाडौं । दशैँ, तिहार र छठलाई लक्षित गर्दै टिभिएसले अत्यन्तै आकर्षक ‘टिभिएस सिक्स प्राइजको सरप्राईज’ योजना सार्वजनिक गरेको छ । ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल विभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्ने जगदम्बा मोटर्स प्रालिले जनाएको छ ।
योजना भदौ १६ देखि सुरु भई चाडपर्वहरुको समापनसँगै सकिने जनाइएको छ । कम्पनीले जनाएअनुसार यस योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध हुनेछ ।
चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यस योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म प्राइजको सरप्राईज दिने कम्पनीको भनाई छ । यस योजनाअन्तर्गत ग्राहकले किन्दै नकिनी टिभिएस नेपालको अनलाईनमा गएर रु.१ लाखसम्म जित्न सक्नेछन् । सवारी खरिद गर्दा १० लाखसम्मको भारी नगद हात पार्न सक्ने जनाइएको छ । यति मात्र नभएर दैनिक स्मार्ट फोन पनि ग्राहकको लागि उपहार स्वरुप, यस योजनाअन्तर्गत राखिएको छ ।
यसैगरि यस योजनाले ग्राहकलाई हरेक हप्ता शत प्रतिशत क्यास ब्याकको अफरसमेत राखेको छ । जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टिभिएस अपाचे आरआर ३१० समेत जित्न सक्नेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies