गोमती पाल/मध्यान्ह
महेन्द्रनगर : भीमदत्त नगरपालिकाले ब्याज र धितो बिनाको सहुलियत कर्जा उपलब्ध गराउन थालेको छ । नगरपालिकाले गत वर्ष नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखासित सहुलियत कर्जा उपलब्ध गराउन सम्झौता गरेको थियो ।
बैंकसित गरिएको सम्झौताअनुसार पहिलो चरणमा १४ जनालाई अढाई लाखदेखि पाँच लाखका दरले कर्जा प्रदान गरिएको छ । एक सय युवालाई स्वरोजगार बनाउन अघिल्लो वर्ष नगर सभाबाट कार्यक्रम पारित गरिएको थियो ।
भीमदत्त नगरपालिका कार्यालयमा कार्यक्रम गरी उद्यमीलाई कर्जा रकमको चेक हस्तान्तरण गरिएको छ । भीमदत्तका मेयर सुरेन्द्र विष्ट, आर्थिक विकास समिति संयोजक डम्बर बहादुर कार्की, बैंकका महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रशाद जोशीलगायतले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्वरोजगार सिर्जना गर्न र उद्यमशिलताको विकासका लागि कार्यक्रम सञ्चालन गरिएको बताए ।
‘हातमा सीप भएका र केही गर्ने इच्छा भएका युवाहरुले पुजी अभावमा बेरोजगार बस्नुपर्ने अवस्था छ’ उनले भने, ‘व्यवसाय सुरुवातसँगै त्यसको प्रवद्र्धनका लागि लगानी स्वरुप ऋणमा ब्याज अनुदान सहयोग गरेको हो, सबैले उत्पादनसँग जोडिन सक्यो भने देश आत्मनिर्भर र समृद्धितर्फ अघि बढ्छ ।’
उद्यमशिलता विकास कार्यक्रम निरन्तर चलिरहने बताउँदै दोस्रो चरणको सहुलियता कर्जाका लागि प्रक्रिया अघि बढाउन उनले कार्यालयलाई निर्देशन दिए ।
कार्यक्रममा बैंक शाखा प्रवन्धक जोशीले बिनाधितो सहुलियत कर्जाबारे जानकारी गराउँदै नगरपालिकाको सिफारिस अुनसार बंैकले व्यवसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमी, र दलित सुमदाय व्यवसाय विकास कर्जा गरि पाँच प्रकारका कर्जा लगानी गरिरहेको रहेको बताए ।
पहिलो चरणमा ६७ लाख ४० हजार कर्जा लगानी गरिएको छ । बैकले दिपेश केरा फर्मलाई दुई लाख ५० हजार, रोजी पोल्टी फर्मलाई चार लाख ९० हजार र अन्य व्यवसायीक फर्मलाई ५÷५ लाख कर्जा उपलब्ध गराएको छ । युवालाई स्वरोजगार बनाउने र व्यवसाय प्रवद्र्धन गर्न कर्जा लगानी गरेको उनको भनाई छ ।
नगरपालिकाको सिफारिसमा बैकले बिनाधितो बिना व्याज उद्यमीलाई कर्जा दिने र नगरपालिका उद्यमीको ब्याज तिरिदिने सहमति भएको छ । २०७७ कार्तिक २७ गते बैक र नगरपालिकाबिच मेयर उद्यमशिलता विकास कार्यक्रमअन्तरगत ऋण प्रभाव तथा ब्याज अनुदानसम्बन्धि सम्झौता भएको थियो । सहुलियत कर्जाका लागि चरणको आवेदन खोल्ने तयारी गरिरहेको नगरपालिकाका आर्थिक विकास समिति संयोजक डम्बर कार्कीले बताए ।
ऐनका अनुसार आवेदन संकलन गरि कार्यविधिअनुसार कर्जाका लागि उद्यमी छनौट गरिनेछन् । त्यस्तै सहुलियत कर्जा पाएका जित पार्कीले विना धितो बिना व्याज कर्जा पाएकोमा खुसी लागेको बताए । वैदेशिक रोजगारीका लागि भारतमा रहेका पार्की स्वदेशमै उद्यम गर्न नेपाल फर्केका थिए । उनले पोल्टी फर्म सञ्चालन गरिरहेको बताउँदै कर्जाले व्यवसाय विस्तार प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies