काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक पारित नभएका कारण केही दिन सरकारी खर्च रोकिन सक्ने बताएका छन् ।
मंगलबार संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले सरकारी खर्च ५–७ दिन रोकिँदा फरक नपर्ने तर पेश्की खर्च नगर्ने स्पष्ट पारे ।
विधेयक पारित गर्न छलफल गर्न सहमति खोज्ने प्रयास भएको र सहमति नभए प्रक्रियाबाटै पारित गर्ने उनले बताए । यसअघि ल्याएको बजेट अध्यादेश संसद चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नूपर्ने प्रावधान छ । जुन बुधबार सकिँदैछ ।
संसदको अर्को बैठक असोज ४ गतेमात्र बोलाएको अवस्थामा त्यसअघि प्रतिस्थापन विधेयक पारित हुन नसक्ने स्पष्ट छ । अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था रहेको र त्यसैअनुसार कर उठ्ने जिकिर गरे । उनले विधेयक पाश भएपछि नियमित प्रक्रिया अघि बढ्ने धारणा राखे ।
त्यस्तै लोकतान्त्रीक समाजवादीका नेता लक्ष्मणलाल कर्णले प्रतिस्थापन बिधेयक सदनमा पेश भइसकेका कारण ६० दिनमा अध्यादेश अन्त्य नहुने उनको भनाइ छ ।
वर्तमान सरकारले ल्याएको ल्याएको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सदनमा विचाराधीन छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies