तेजबहादुर बन/मध्यान्ह
इटहरी : इटहरी उपमहानगरपालिकामा बुधबार सेवा सिफारिस लिन आएका दुई जना महिलाहरूलाई नगरप्रमुख द्वारिकलाल चौधरीले अभद्र व्यवहार गरेको भन्दै विभिन्न महिला अधिकारकर्मीहरूले घोर भत्सना गरेका छन् । मेयरको र्कायशैली प्रति इटहरीमा रहेका एक दर्जन बढी महिला अधिकारकर्मीहरुले सामुहिक विज्ञप्ति जारी गर्दै घोर भत्सना गरेका हुन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै महिला अधिकारकर्मीहरुले उपमहानगरमा सेवा लिन आएका इटहरी ४ निवासी सिता शेर्पा राई र सर्मिला भट्टराई माथि नगर प्रमुख चाधरीले अपशब्द प्रयोग गदै कार्यालयबाट निकालेको प्रति घोर भत्सना गरेका छन् । अधिकारकर्मीहरूले इटहरीका मेयर चौधरी नसच्चिए र पीडितहरू समक्ष माफि नमागे चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । बुधबार दिउँसो साढे ३ बजे सेवा सिफारिस लिएर तोक लगाउन कार्यकक्ष पुगेका दुई महिलाहरूलाई मेयर चाधरीले अपशब्द प्रयोग गर्दै कार्यालय परिषरबाट निकालेको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय सरकार प्रमुख जस्तो गरिमामय पदमा रहेका व्यक्तिबाटै महिलाहरू असुरक्षित बनेको भन्दै विभिन्न महिला अधिकारकर्मीहरूको समुहले पीडित दुई महिलाहरूको सुरक्षाको प्रत्याभूति दिलाउन र मेयर चाधरीलाई कारबाहीको माग गरेका छन् । उनीहरूले विज्ञिप्ति मार्फत मेयर चोधरीलाई अझ पनि सच्चिन आग्रह गरेका छन् । यता यस विषयमा इटहरीका मेयर चौधरीसँग मध्यान्हले सम्पर्क गर्दा यस विषयमा केहि नबोल्ने प्रतिक्रिया दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies