तरुणा जोशी/मध्यान्ह
बझाङ : खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले निजहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बझाङ खप्तड छान्ना गाउँपालिका–१ का ५९ वर्षीय दिलबहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्रबहादुर कार्की रहेका छन् ।
पक्राउ परेकाहरूका साथबाट नेपाली सेनाले एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको सिंहसारदुल गुल्म खप्तडले जनाएको छ । गुल्मका अनुसार उनीहरूलाई खप्तड राष्ट्रिय निकुञ्जको पौवागढीबाट पक्राउ गरिएको हो । पक्राउ परेकालाई आवश्यक कानूनी कारबाहीका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाइएको नेपाली सेनाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies