इमरान खान/मध्यान्ह
कपिलवस्तु : आफ्नो बुवाको हत्या गरी फरार एक युवक पक्राउ परेका छन् । गत कात्तिक ४ गते कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.९ भगवानपुर बस्ने ४२ वर्षीय गोरे भन्ने चन्द्र बहादुर थापाको हत्या गरी फरार युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अशोक भन्ने जयन पुनमगर रहेका छन् । पक्राउ परेका अशोक गोरेका झट्केलो छोरा हुन् ।
अशोक र उनका साथी कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.९ भगवानपुरका किरण महाराले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
गोरेको हत्या गरी शवलाई उनीहरुले विजयनगर गाउँपालिका वडा नं.५ बनगाई पोखरीमा फालेर भागेका थिए । पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो । मृतकको पहिचानपछि खुलेको थियो । अशोकले आमालाई खान बस्न नदिएको भन्दै साथिसँग मिलेर मादकपदार्थ सेवन गरी हत्या गरेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले मध्यान्हलाई बताए ।
पक्राउ परेका दुबै जनालाई ज्यान सम्बन्धि कसुरमा अदालतबाट म्याद थप गराइ आवश्यक कारवाही प्रकृया अघि बढाइने प्रहरी उपरीक्षक कार्कीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies