कमल खड्का/मध्यान्ह
दाङ : दाङको तुलसीपुरमा एक युवकको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका ४ नयाँबस्ती निबासी २० वर्षीय टोप बहादुर पुनको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । लाठ्ठी र धारिलो हतियार प्रहार गरि पुनको हत्या भएको प्रहरीले जनाएको छ ।
उनको आइतबार बिहान उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको साथमा रहेका कपुरकोटका शंकर डागी गम्भीर घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा सम्लग्न रहेकाहरु सबै फरार रहेको र उनिहरुको खोजी कार्य तीब्र पारिएको प्रनाउ अर्यालले मध्यान्हलाई जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies