सुशीला रेग्मी/मध्यान्ह
रामपुर : पाल्पाको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट लघुवित्त सेवा पुरस्कारबाट सम्मानित भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३४ औँ स्थापना दिवसको अवसरमा सम्मान पत्र प्रदान गरिएको छ ।
संघमा आबद्ध सदस्य संस्थाहरुमध्ये आर्थिक वर्ष २०७७÷०७८ मा आफ्ना सदस्यहरुलाई उत्कृष्ट लघुवित्त सेवा प्रदान गरेबापत नेफ्स्कुन साकोस लघुबित्त प्रशंसा पुरस्कार विधामा छनौट भई अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई संघको ३० औँ वार्षिक साधारण सभाको अवसरमा प्रशंसा पत्रले सम्मान गरिएको हो ।
काठमाडौंको प्रज्ञा भवन कमलादीमा भएको कार्यक्रममा भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले अध्यक्ष सागरप्रसाद देवकोटालाई पत्र हस्तान्तरण गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies