काठमाडौं : नागरिक लगानी कोषले अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराई र कोष सञ्चालक चन्द्रसिंह साउदलाई बिदाइ गरेको छ ।
कोषका अध्यक्ष डा.भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषद्ले मनोनयन गरेको थियो । उमेर हदका कारण अर्थ मन्त्रालयको गत कात्तिक २८ को पत्रानुसार डा.भट्टराईको पदावधि समाप्त भएको हो ।
बिदाइ कार्यक्रममा डा.भट्टराईले बोर्ड र कार्यकारी निर्देशकबीचको सम्बन्धलाई निरन्तरता दिनुपर्ने बताउँदै आफूले ३७ महिनाको कार्यकालमा धेरै नै विषय सिक्न पाएको बताए । त्यसैगरी सञ्चालक साउदले आफ्नो कार्यकालमा गरेको सहयोगका लागि सबै सञ्चालकलाई धन्यवाद दिए ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषका अध्यक्ष र सञ्चालकले पुर्याएको सहयोगको प्रशंसा गर्दै संस्थाको कामलाई विधिसम्मत तरिकाले अघि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies