देबराज पाध्याय/मध्यान्ह
बाजुरा : बाजुरा सदरमुकाम मार्तडीमा विद्युत अनियमितता भएको भन्दै नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराइएको छ । बाजुराका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल विद्युत प्राधिकरण काठमाडौंलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।
सोमबार बाजुरामा संचालित विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीमार्फत प्राधिकरणलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले देशभर उज्यालो कार्यक्रम संचालन गरेता पनि बाजुरेली जनताले भने अझै लोडसेडिङको मार खेप्न बाध्य भएका छन् ।
कुलमान घिसिङ जस्तो उज्यालो नेपालका नायक प्राधिकरणको प्रमुख पदमा रहँदा पनि सुदुरपश्चिम प्रदेशको दुर्गम, भौगोलिक विकटतामा रहेको हिमाली जिल्ला बाजुरामा प्राधिकरणको प्रशारण लाइन विस्तार नहुँदा समस्या हुने गरेको छ ।
पत्रकारहरुले बुझाएको ध्यानार्कषण पत्रमा अँध्यारोमा बस्न बाध्य बाजुरेली जनताले राज्यबाट के अपेक्षा गरेका होलान् ? भन्दै प्रश्न गरिएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको बाजुरा साना जलविद्युत केन्द्र तीन वर्षमा ९३ लाख घाटा खाएपछि २०६६ सालमा नै त्रिवेणी बचत तथा ऋण सहकारी संस्थालाई लिजमा दिइएको थियो । हाल सो संस्थाले जेनतेन चलाइरहेको संस्थाका व्यवस्थापक दयाराम पण्डित बताउँछन् ।
यता विद्युत प्राधिकरको वितरण शाखा कार्यालय बसेको समेत करिब चार वर्ष पुग्न लागेको छ । तर सो कार्यालय भने टुलुटुलु मुखदर्शक बनेर हेरिरनु बाहेक अरु केही गरेको देखिएको छैन । यता मार्तडीमा विद्युत नियमित नहँुदा जिल्लाको पत्रकारिता क्षेत्र समेत निकै चपेटामा परेको छ ।
पत्रकारहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले ज्ञापन पत्र सम्बन्धित निकायमा पु¥याएर सम्बोधका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies