राजेन्द्र महतो/मध्यान्ह
सिरहा : सिरहामा लागूऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१० करताहाका ३१ वर्षीय संजीव खड्का, सोही ठाउँ बस्ने १९ वर्षीय सुजन धामी, २१ वर्षीय अरबिनकुमार दनुवार र २५ वर्षीय उमेशकुमार दनुवार रहेका छन् ।
इलाका प्रहरी कार्यालय माड बाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बा ४ च १३३४ नम्बरको कारमा लुकाइराखेको लागूऔषध नाइट्राभेट–१० नामक ट्याब्लेट ६० पत्ता (९००पिस) बरामद गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई कारसहित जिल्ला प्रहरी कार्यालय सिराहामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक पवनकुमार झाले मध्यान्हलाई बताए । पक्राउ परेका उनीहरु सिन्धुलीबाट लागूऔषधकै निम्ति सिराहाको सीमावर्ती क्षेत्र पुगेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies