काठमाडौं : सशस्त्र प्रहरीले नेपाल पुलिस क्लवलाई पराजित गर्दै प्रधानमन्त्री कप टि–२० प्रतियोगिताको उपाधि जितेको छ । आज भएको प्रतिस्पर्धात्मक फाइनलमा पुलिसमाथि सशस्त्रले २१ रनले पराजित गर्दै जित हासिल गरेकाे हाे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाउन सफल भएकाे हाे ।
पहिलो बलमै विकेट गुमाएको पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पुलिसको बलिङमा दिपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिंदै उत्कृष्ट प्रदर्शन गरे । यस्तै, गुलसन झाले २ विकेट लिए भने योगेन्द्रसिंह कार्की र आरिफ शेखले १–१ विकेट लिए ।
प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०–२० हजार पाउनेछन् । सेमिफाइनलबाट बाहिरिने टोलीले ५०–५० हजार रुपैयाँ पाउनेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies