भारत : बाढीमा परेर भारतका दक्षिणी र पश्चिमी राज्यमा १४२ जनाको मृत्यु भएको छ । बाढीका कारण सबैभन्दा बढी केराला प्रभावित भएको छ । केरलामा मात्रै ५७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै गुजरातमा २२ जनाको मृत्यु भएको छ । कर्नाटक तथा महाराष्ट्रमा पनि बाढीले जनजीवन प्रभावित बनाएको छ । केरलामा एक लाख भन्दा बढीलाई आपतकालीन राहत शिविरहरूमा सारिएको छ ।
अघिल्लो वर्षपनि बाढीका कारण केरलामा दुई सयभन्दा बढीको मृत्यु भएको थियो । प्रभावित क्षेत्रमा बर्षा नरोकिएपछि प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत खाद्य सामाग्री पठाउने तयारी गरिएको छ । प्रत्येक वर्ष जूनदेखि सेप्टेम्बरसम्म भारतमा मनसुनी वर्षाका कारण बाढीको समस्या देखिने गर्दछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies