गोरखा : गोरखामा आइतबारदेखि बेपत्ता एकजना बहिरा व्यक्ति जंगलमा मृत अवस्थामा फेला परेका छन् । गोरखा नगरपालिका, १० को कुवाडी सामुदायिक बनमा ५० बर्षिय श्यामहरि घिमिरे मृत अवस्थामा भेटिएका हुन् ।
उनी स्थानीय मनकामना बहिरा विद्यालयमा कार्यरत थिए । उनको शव विद्यालय भन्दा एक सय मिटर परको जंगलमा फेला परेको हो । साथमा रहेको कुनैपनि सामान नहराएकाले सवारी साधनको ठक्करवाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
शरिरमा चोट देखिएका कारण उनको मृत्युलाई स्थानीयले भने शंकास्पद मानेका छन । प्रहरीले भने घटनाको विषयमा अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies