रुस : रुसमा न्युक्लियर मिसाइलहरु बनाउने स्थानमा विस्फोट हुँदा पाँच जना न्युक्लियर इन्जिनियरको मृत्यु भएको छ । विस्फोटमा तीनजना इन्जिनियर घाइते भएका छन् ।
राजधानी मस्कोबाट ३ सय ७३ किलोमिटर टाढा रहेको सारोभ शहरमा भएको विस्फोटपछि रुसीको न्युक्लियर एजेन्सी रोसाटोमले इन्जिनियरहरुले ‘न्युक्लियर पावर इन्जिन’ परीक्षणका क्रममा विस्फोट भएको बताएका छन् ।
आर्कटिक समुद्री किनारमा न्युक्लियर पावर इन्जिन परीक्षण भइरहेको थियो । यसअघि उक्त स्थानमा रुसले शक्तिशाली न्युक्लियर क्रुज मिसाइल परीक्षण गरेको थियो ।
रुस र पश्चिमी क्षेत्रका मिसाइल विज्ञहरुले भने उक्त परीक्षण जमिनबाट धेरै लामो दूरीमा मार हान्न सक्न मिसाइल भएको बताएका छन् । रुसी राष्ट्रपति भलादमिर पुटिनले सन् २०१८ मा यस मिसाइलका बारेमा रुसको संसदमा जानकारी गराएका थिए । नाटोले भने उक्त मिसाइल एसएससी–एक्स–९ स्काईफल भएको दाबी गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies