काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको अवसर पारेर भारतले नेपाललाई ३ अर्ब २६ करोड ६५ लाख रुपैयाँ दिएको छ । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको हो ।
भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूतले सो रकम पुर्न्निर्माण प्राधिकरणका सिइओ लाई हस्तान्तरण गरे । नेपाल भारत संयुक्त आयोगको पाचौं बैठकमा सहभागी हुन आएका भारतीय विदेश मन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा सो रकम नेपाललाई हस्तान्तरण गरिएको हो ।
यसैगरी, हुलाकी राजमार्ग निर्माणका लागि भारतले यसअघि जनाएको प्रतिबद्धताअनुसार नेपाल सरकारलाई ८० करोड ७० लाख ७७ हजार रुपैयाँ दिएको छ । त्यसैगरी भारत सरकारले भुकम्पपछिको पुनर्निर्माणका लागि जनाएको प्रतिबद्धता अनुसार महालेखा नियन्त्रकको कार्यालयमार्फत २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ दिएको छ । दुबै रकम चेकमार्फत उपलब्ध गराइएको हो ।
नेपाल भारत संयुक्त आयोगको बैठक शुरु हुनुअघि एक कार्यक्रमबीच भारत सरकारले ती रकम नेपाललाई हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रमलगत्तै द्धिपक्षीय बैठक शुरु भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies