पोखरा : नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८० पोखरामा सम्पन्न भएको छ । पोखरा माहानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा पोखराको पामेमा अंग्रेजी नयाँ वर्षको इभको मध्यरातमा सर्ट फिल्म अवार्ड सम्पन्न भएको हो । बक्स अफिस इन्टरनेशनल ग्रुप र ग्लोबल एकट्रेस फ्रेडेसन (विश्व कलाकार महासंघ)ले आयोजना गरेको नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८० मा २२ जनाले अवार्ड चुमेका छन् ।
सर्ट फिल्म अवार्ड विजेताले यो वर्ष पनि टर्फीसँगै हरेक विधामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरुषकार प्राप्त गरेका छन् । यो वर्ष ७३ वटा सर्ट फिल्ममध्ये वरिष्ठ द्वन्द्व निर्देशक, निर्देशक तथा कलाकार सुरेन्द्र शाहले निर्माण–निर्देशन गरेको ‘हाइस्कुल’, रत्नबहादुर डंगोलको ‘हार र पिबि थापाको ‘आकृति’को अवार्डमा मुख्य वर्चस्व रह्यो ।
सर्ट फिल्म अवार्डमा मोफसलबाट निर्माण भएका छोटा फिल्म पनि प्रतिस्पर्धामा थिए । ७७ जिल्लाको सर्ट फिल्महरुलाई पछि पार्दै मोफसल अभिनेतामा अर्जुन खड्का ‘बदला’बाट सम्मानित भए । त्यसैगरी ‘बदला’बाटै सर्वश्रेष्ठ द्वन्द्व विधामा राजेन्द्र ढकाल र सर्वश्रेष्ठ निर्देशक विधामा पोखराका संगम कायस्थले ‘परिस्थिति’बाट अवार्ड जिते ।
वरिष्ठ निर्माता विनयराम श्रेष्ठ, कलाकार सरिता लामिछाने, निर्देशक–निर्माता बाबु बलामी, गायिका सूर्यकला आचार्य, संगीतकार राजु खड्का गरेर पाँच सदस्य जुरी रहेको अवार्डमा केन्द्रीय स्तरबाट निर्माण भएको विभिन्न सर्ट फिल्मलाई पछि पार्दै सर्वश्रेष्ठ मेकअप शर्मिला सुनवार ‘हार’, सर्वश्रेष्ठ कथा राजेन्द्र ढकाल ‘मोहोनी’, सर्वश्रेष्ठ लेखक विश्वनाथ तामाङ ‘मन’, सर्वश्रेष्ठ सम्पादक जोन राई ‘हार’, सर्वश्रेष्ठ छायाँकार श्याम तामाङ ‘आकृति’, सर्वश्रेष्ठ चरित्र अभिनेता आर.बि कटुवाल ‘माध्यमिक विद्यालय’, सर्वश्रेष्ठ सहनायक गिल्डहसन (विदेशी) ‘आकृति’बाट अवार्ड उचाल्न्न सफल भए ।
त्यसैगरी सर्वश्रेष्ठ नवनायिकामा प्रतीक्षा खड्का ‘हार’, सर्वश्रेष्ठ नवनायक हिमाल जंग कटुवाल ‘माध्यमिक विद्यालय’, सर्वश्रेष्ठ अभिनेत्री प्रति रिजाल ‘आकृति’, सर्वश्रेष्ठ अभिनेता प्रदीप बास्तोला ‘हार’ र सर्वश्रेष्ठ नवनिर्देशक सुमन खाँड ‘आकृति’बाट अवार्ड जित्न सफल भए ।
यस्तै सर्वश्रेष्ठ जुरी अवार्ड निर्देशक (सापटी काका) दिवाकर भण्डारी ‘इतिहास’बाट अवार्ड हात पार्न सफल भए । उनले सामाजिक दाहित्व वहन गर्ने सर्ट फिल्म बनाएकोले यो विधाबाट सम्मान गरिएको हो ।
सर्वश्रेष्ठ निर्देशक कृटिक्स अवार्ड जीवन शाहीले ‘हार’बाट प्राप्त गरे । उनले फिल्ममा विशेषगरी युवा शक्ति किन बिनाकारण आत्महत्या गर्छन् ?, आत्महत्याको जड के हो ?, अन्तत मानिस सुन्दर जीवनबाट किन हार खान्छ ? भन्ने विषय उठाएकाले उनले ७३ वटा छोटा फिल्मलाई पछि पार्दै अवार्डसँगै नगद पनि जितेका हुन् ।
यो वर्षको आम जनुसमुदायमै बृहत् च्यारिटी शो हुँदै गरेको र थुप्रै ठाउँमा शोहरु भइ बक्स अफिस कलेकसन पनि राम्रै गरेको ‘माध्यमिक विद्यालय’का निर्देशक सुरेन्द्र शाहले उत्कृष्ट निर्देशकको अवार्ड जिते । शाहाले दर्जनौं सेलोलाइट फिल्ममा द्वन्द्व निर्देशनसँगै मजदुर, कारण अर्जुन र ठुलेजस्ता सफल चलचित्र निर्माण तथा निर्देशन गरेका छन् ।
२०८० को आसपासमा बनेको ७३ सर्ट फिल्मबाट सर्वश्रेष्ठ सर्ट फिल्म पिबि थापाले निर्माण गरेको ‘आकृति’ उत्कृष्ट फिल्न छानियो । नवनिर्देशको अवार्ड विजेता सुमन खाँडले कोरोना माहानारीको कठिन परिस्थिति र नेपाली नागरिकले विदेश यात्रामा भोग्नुपर्ने मार्मिक र यथार्थ राष्ट्रिय मुद्दा उठाएकाले सर्ट फिल्म ‘आकृति’लाई सर्वोश्रेष्ठ सर्ट फिल्म घोषणा गरिएको हो ।
अवार्ड कार्यक्रममा पोखराका गायक तथा संगीतकार जि पुन, सामाजिक अभियान्ता माया गुरुङ, मोडल अमुल्य राना मगर, रिलिज चलचित्र उपाहार, देव वाणी र चित्राको निर्माण टिमलाई सम्मान गरिएको थियो । पोखराको गुरुङ समुदायको सुन्दर नृत्य र स्थानीय कलाकारहरुको आकर्षक सांगीतिक कार्यक्रमले अवार्ड कार्यक्रममा रौनकता बढाएको थियो ।
संगीतकार तथा निर्माता दिपक रमण, निर्माता एवम् वितरक केदार पराजुली, निर्देशक रिम विश्वकर्मा, कलाकार हरिचन्द्र फुयाल, केदार खड्का, व्यवसायी रामशरण श्रेष्ठ अवार्डमा अथितिको रूपमा पोखरा पुगेका थिए भने स्थानीय समाजसेवी हरि भण्डारी, निर्माता रामप्रसाद गौतम, संगीतकार एवम् समाजसेवी इशा ढुंगाना, सुकदेव नेपाली, योगराज पौडेल, दिनेश कुँवर र रजनी केसीले विशेष अथितिका रुपमा रहेर अवार्ड तथा सम्मान वितरण गरेका थिए ।
चन्द्रज्योति फिल्म प्रा.लि.का चन्द्रज्योति ढुंगानाको सभापतित्व र बक्स अफिस इन्टरनेशनल ग्रुपको अध्यक्ष राम बाहादुर सुवेदी (आर के)को अध्यक्षतामा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहआयोजक ग्लोबल एक्ट्रेस फेडेरेसन (विश्व कलाकार महासंघ) का उद्देश्य र दीर्घकालीन योजनाबाट प्रभावित भएर प्याब्सनका महासचिव आर बि कटुवाल, हिमालय जंग कटुवाल, चितवनका युवा व्यवसायी महेश लामिछाने, निर्माता एवम् व्यवसायी रत्नबाहादुर डंगोल, नायिका प्रतीक्षा खड्का, सम्पादक जोन राई, नायिका अनुजा लोप्चन, पत्रकार सिला वाग्ले, निर्माता नरेन्द्र निम्बुहाङ, नायिका अनुजा लोप्चा, गायिका सिमिता तामाङ, व्यवसायी यादव पतुवार, राजकुमार थापा, अनुज कार्की, विष्णु बाहादुर राई, लोकेन्द्र लिम्बू, निर्माता तथा निर्देशक राजेन्द्र ढकाल, विश्व श्रेष्ठ, मौसमी खरेल, देव दिर्जे लामा, सूर्य तामाङ, सुरज लामा, विश्वनाथ तामाङलगायत विभिन्न व्यक्तित्वहरुलाई आजीवन सदस्यबाट सम्मानित गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies