तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपालीहरूको नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्रको अवसरमा कतारमा चर्चित लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक वसन्त विश्वकर्मा सांगीतिक प्रस्तुति दिन कतार आइपुगेका छन् । उनीहरुले तनहुँ सेवा समाज कतारले “बहुउद्देश्यीय अक्षय कोषको सहयोगार्थ” आयोजना गर्न लागेको बृहत् सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिने छन् ।
नेपालबाट आमन्त्रित कलाकारको स्वागतका लागि समाजका अध्यक्ष पदम गिरी, महासचिव सन्तोष रेग्मी, प्रमुख सल्लाहकार नारायण ढुंगाना हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । मिडियाकर्मीसँग संक्षिप्त कुरा गर्दै कलाकारद्वयले आफ्नो कतार भ्रमण पहिलो रहेको र सबै नेपाली दाजुभाइ दिदीबहिनीको साथ मिल्ने बताउँदै कतारवासी नेपालीहरूलाई कार्यक्रममा उपस्थितिका लागी निमन्त्रणा गरेका छन् ।
कलाकारको आगमनसँगै बिहीबार बिहान साढे ११ बजेबाट नज्मामा अवस्थित होलिडे इन बिजिनेश पार्क होटेलको ग्राउन्ड फ्लोरको हलमा हुने कार्यक्रमको तयारी पूरा भएको समाजका अध्यक्ष पदम गिरीले मध्यान्ह दैनिकलाई जानकारी दिए । कतारमा स्थापित विभिन्न संस्थाहरु सहयोगी संस्थाका रूपमा रहेको कार्यक्रममा मध्यान्ह दैनिक सञ्चार सहयोगीका रूपमा रहेको छ । तनहुँ जिल्लाको चिनारीको रूपमा रहेको कौरा (चुड्का) गीत थप आकर्षणको केन्द्रका रूपमा रहने भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies