काठमाडौं : बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा हरेक वर्ष चैत २८ गते नयाँ वर्षलाई स्वागत र पुरानो वर्षलाई बिदाइ गर्दै विगत १८ वर्षदेखि एउटै मितिमा निरन्तर आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरको फुर्कोट हलमा सम्पन्न भएको १८औं ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०८० संस्करणमा रिलिज चलचित्र ‘महाजात्रा’लाई उछिन्दै चलचित्र ‘जारी’बाट अभिनेता दयाहाङ राईलाई यो वर्षको सर्वोत्कृष्ट अभिनेता घोषणा गरियो ।
दयाहाङले ५३ वटा चलचित्रलाई पछि पार्दै साढे १७ करोड ग्रस कलेक्सन गरेको चलचित्र ‘जारी’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड चुमे । ‘जारी’बाटै अभिनेत्री मिरुना मगर २०८० सालको सर्वोत्कृष्ट अभिनेत्री चुनिइन् । चलचित्र ‘जारी’बाटै निर्देशक उपेन्द्र सुब्बा यो वर्षको सर्वाधिक सफल चलचित्र निर्देशकको अवार्डको हकदार बने ।
२०८० को नवनिर्देशक विधामा ‘रंगेली’बाट अर्जुन सुवेदी, वर्ष नवनायकमा ‘गोरखा वारियर’बाट रितेस चाम्स, वर्ष नवनिर्मातामा ‘नांगो गाउँ’बाट हिमाल कडारिया, वर्ष सहअभिनेत्रीमा ‘उपहार’बाट बेनिशा हमाल, वर्ष चरित्र अभिनेतामा ‘उपहार’बाटै शिशिर राणा उत्कृष्ट घोषित भए ।
यो वर्षको सम्पादकमा मिलन श्रेष्ठ, छायाँकारमा निरज कँडेल, पोडक्सन डिजाइनरमा विनोद सुवेदी, उदीयमान एक्सन हिरोमा राजिवजंग बस्नेत, उत्कृष्ट वितरकमा उपत्यकाबाट जारी र महाजात्राको वितरक विधामा प्रचण्डमान श्रेष्ठ बक्स अफिसको सर्वाधिक अब्बल वितरक रहे भने मोफसल विधातर्फबाट नांगो गाउँबाट रोहित कटेल र रत्न श्रेष्ठ उत्कृष्ट वितरक घोषित भए ।
विविध सांगीतिक कार्यक्रमसहित चलेको अवार्ड कार्यक्रममा वरिष्ठ कलाकार मिथिला शर्मा, विजय लामा र लक्ष्मी गिरीलाई नेपाली चलचित्र क्षेत्रमा अविरल योगदान गरेको भन्दै ‘रजत जयन्ती सम्मान २०८०’बाट सम्मान गरिएको थियो । त्यसैगरी ‘अग्रज सुवेदी पत्रकारिता पुरस्कार’बाट वरिष्ठ पत्रकार रमा सिंह (नेपाल टेलिभिजन), उषा लोहनी (रेडियो नेपाल) र गोविन्द चौलागाईं (प्रिन्ट मिडिया)लाई पत्रकारिताको माध्यमबाट देश, समाज, राष्ट्रको हितमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।
उनीहरुलाई चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार संघका अध्यक्ष नवल खड्का, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र प्राविधिक संघका अध्यक्ष वरिष्ठ कलाकार सुवास गजुरेल, वरिष्ठ कलाकार उत्तम केसी, आरके मानन्धर, मध्यान्ह दैनिककी प्रकाशक सीता देवी श्रेष्ठ, मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, वरिष्ठ पत्रकारहरु ताराचन्द्र देवकोटा, टंक कार्की, राष्ट्रिय चलचित्र पत्रकार संघका अध्यक्ष आरके सुवेदी र वरिष्ठ रंग पत्रकार लक्षुमण सुवेदीले सामूहिकरुपमा सम्मान गरे ।
यो वर्षको ‘देश प्रेम’ चलचित्रमा रिमेश अधिकारी ‘नालापानी’ र नवल खडका ‘काँडेतार’ सम्मानको हकदार रहे भने ५३ वटा रिलिज चलचित्रबाट छानेर एकल महिलासम्बन्धी शर्मिला पाण्डेको ‘परस्त्री’, इतिहास रच्ने गोर्खा सेनासम्बन्धी मिलन चाम्सको चलचित्र ‘गोरखा वारियर’ र सांस्कृतिक चलचित्रबाट प्रदीप शाहीको ‘अन्तिम संस्कार’लाई सम्मान गरियो ।
त्यसैगरी वर्षको उत्कृष्ट प्राविधिकमा अरुण रिजाल र स्टुडियोमा जीवन रानाले अवार्ड चुमे । त्यसैगरी सहआयोजक संस्था ग्लोबल एक्ट्रेस फ्रेडेसन (विश्व कलाकार महासंघ)को आजीवन सदस्यबाट निर्माता सञ्जय न्यौपाने, गुणराज भण्डारी, त्रिरत्न श्रेष्ठ, अभिनेता खेलाडी राजिवजंग बस्नेत, श्याम श्रेष्ठ, कलाकार राजु श्रेष्ठ, सुर्यमान डंगोल, गणेश थापा, सुकबहादुर स्याङ्तान, विष्णुप्रसाद खतिवडा, कृष्ण केसी, फलितमान राई, निर्देशक कलाकार राम गौतम, टेकेन्द्र कार्की, पर्यटन व्यवसायी रुपक कोइरालालाई सम्मान गरी संस्थामा आबद्ध गराइएको थियो । योसँगै संस्थाको आजीवन सदस्यको संख्या अहिलेसम्म १ हजार ४ सय ८९ पुगेको संस्थाका अध्यक्ष आरके सुवेदीले जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी स्वतन्त्र संसार महर्जन, वरिष्ठ नृत्य निर्देशक प्रदीप डंगोल, फुर्कोट होटलका सञ्चालक तेन्जिङ शेर्पा, निर्देशक मधुसुदन भट्टराई, कलाकार रोशन श्रेष्ठ, भानु ढकाललगायतको सहभागिता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies