काठमाडौं : आपराधिक लाभ ‘एक्सटर्सन’ र संगठित अपराधको अभियोगमा पक्राउ परेका नरेश थापा धरौटीमा छुटेका छन् ।
काठमाडौं जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि थापालाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको एकल इजलासले उक्त आदेश गरेको हो । सोही अभियोगमा पक्राउ परेका बाँकी ६ जना भने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
थुनछेक बहस सोमबारदेखि शुरु भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नरेशसहित ९ जनाविरुद्ध आपराधिक लाभ र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो ।
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका समिरमानसिंह बस्नेतको निर्देशनमा नरेशसहितको समूहले बाहिर बसेर फिरौती र असुली गरेको आरोप लागेको थियो ।
प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ पुगेपछि नरेश पक्राउ परेका थिए । आरोपित ९ जनामध्ये समिर जेलमै छन् भने एक जना फरार रहेको जनाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies